काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८१ लाख ११ हजार चार सय ६३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड २९ लाख ७४ हजार नौ सय ८९ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ३५ करोड ६४ लाख ६६ हजार तीन सय ८१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५६ करोड ३८ लाख ५२ हजार १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड नौ लाख ५२ हजार पाँच सय ९३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले २४ करोड ५९ लाख छ हजार आठ सय २८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३४ करोड ७८ लाख ३२ हजार पाँच सय ९८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ४१ लाख ५२ हजार आठ सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।