काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ३६ लाख ३७ हजार नौ सय १५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ३३ लाख ११ हजार चार सय ७८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २२ करोड ३९ लाख ३३ हजार एक सय ४८ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब २२ करोड पाँच लाख २७ हजार पाँच सय २८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९७ करोड ४४ लाख ६० हजार नौ सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड १४ लाख ४० हजार नौ सय ७७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १८ करोड ७९ लाख ६२ हजार तीन सय ७२ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८६ करोड ९१ लाख ४६ हजार आठ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ९१ लाख चार हजार चार सय २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।