काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १४ करोड ५८ लाख ५९ हजार ५८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ९३ लाख ८५ हजार १८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५३ करोड ६१ लाख ७१ हजार पाँच सय ४६ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा १२ अर्ब ९१ करोड ९६ लाख ७६ हजार छ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५५ करोड १८ लाख ३० हजार दुई सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४९ करोड सात लाख दुई हजार दुई सय २४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १२ अर्ब ३० करोड ५२ लाख चार हजार पाँच सय ६७ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३१ करोड ३६ लाख ३५ हजार दुई सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५२ करोड ४६ लाख ७४ हजार एक सय ७७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।