काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड १६औं वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्न वि.सं २०६६/८/१०मा अनुमति प्राप्त गरी वि.सं २०६६/८/१८बाट संचालनमा आएको फाइनान्सको कामपा एक कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीयसहित मुख्य शाखा कार्यालय राखी आफ्नो कारोबार सुरु गर्दै आएको फाइनान्स आफ्नो सेवा प्रदान गर्दै आएको १५औं वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको हो ।
फाइनान्सले केन्द्रीय कार्यालयसहित न्यूरोड काठमाडौं, सितापाइला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीसहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।
फाइनान्सको १६औं वार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत संस्थाले बालाजु काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ६ गोसाइँस्थान स्थित संस्कृत भाषा निःशुल्क रुपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलममा अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा मसलन्द सामानहरु वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दै आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई ई बैंकिङ, एससीटी नेटवर्टक एटीएम, विभिन्न रेमिटेन्सका सेवाहरु, सी आस्वा, आईपीएस, कनेक्ट आईपीएस सेवा, एबीबीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, एससीटी मोकोसमेतका सेवा प्रदान गर्दै आएको छ ।