काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं नेप्से शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज २१ दशमलव ४८ अंकले ओरालो लागेर २६ सय नौं दशमलव ६९ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७० अंकले ओरालो लागेर चार सय ४८ दशमलव २५ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ८९ हजार सात सय ३१ पटकको कारोबारमा एक करोड सात लाख १८ हजार छ सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार तीन सय ३१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै राताम्मै भएको छ ।