काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन् ।

मुलुकको समसामयिक राजनीतिक विषयमा उनीहरुबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।