काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा देखिएको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा एक करोड ९७ लाख सात हजार नौ सय २५ रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ८१ लाख ५७ हजार आठ सय ७१ रुपैयाँले ऋणात्मक रहेको थियो ।