काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरुसहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।
उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्वितीय हुने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेस्ट इन्स्योरेन्सका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए । उक्त प्रतियोगितामा बेस्ट गोलकिपर नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, बेस्ट डिफेन्डर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडका सुनिल थापा, हाइएस्ट स्कोर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र बेस्ट प्लेयर अफ द टुर्नामेन्ट नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्गलाई ट्रफि प्रदान गरिएको थियो ।
साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाएवापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि ग्राउन्ड उपलब्ध गराउने सामाखुसी फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए ।