काठमाडौं, भदौ १८
सिटी एक्सप्रेस फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४० लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ४३ लाख ५४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १२ करोड ८७ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ करोड ५४ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड १३ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले १३ करोड ९३ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ८२ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ८३ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)