काठमाडौं । पछिल्लो समयमा बैंकहरूमा निष्क्रिय कर्जा व्यवस्थापनबारे चिन्ता बढिरहेको छ । यस्तोमा बजारमा प्रवाह भएको कर्जाको नियमित साँवाब्याज असुली हुन नसकेपछि फाइनान्स कम्पनीहरूमा समेत निष्क्रिय कर्जा बढ्दै गएको छ । अर्थतन्त्र पूर्ण चलायमान हुन नसकिरहेका बेला फाइनान्स कम्पनीहरूमा पनि निष्क्रिय कर्जाको व्यवस्थापन पेचिलो बनेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब चार अर्ब ७२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा १२ दशमलव ५२ प्रतिशतका दरले हुन आउने १३ अर्ब ११ करोड ११ लाख ९४ हजार चार सय रुपैयाँ कर्जा निष्क्रिय देखिएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६८ प्रतिशत अर्थात् एक अर्ब ९७ करोड ७२ लाख १३ हजार छ सय रुपैयाँले बढी हो । गत आवमा फाइनान्सहरूले कुल एक खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ११ अर्ब १३ करोड ३९ लाख ८० हजार आठ सय रुपैयाँ कर्जा निष्क्रिय देखिएको थियो । जुन १० दशमलव ८४ प्रतिशत हो ।
चालू आवको पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरूमा दुई दशमलव ७७ देखि ५३ दशमलव ८० प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ ।
कुनमा कति ?
विवरणअनुसार मञ्जुश्री फाइनान्समा चालू आवको पहिलो त्रैमासमा चार दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । त्यस्तै, सेन्ट्रल, रिलायन्स र नेपाल फाइनान्समा पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः १२ दशमलव शुन्य नौं, १० दशमलव ६७ र १३ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव १२, पाँच दशमलव ७१ र आठ दशमलव ५८ प्रतिशत रहेको थियो ।
यसबाहेक नेपाल, प्र्रोग्रेसिभ र बेस्ट फाइनान्समा पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः १३ दशमलव १०, छ दशमलव ६७ र १० दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः १० दशमलव ३६, सात दशमलव ४७ र तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । चालू आवकको पहिलो त्रैमासमा आईसीएफसी, गोर्खाज र समृद्धि फाइनान्समा पनि क्रमशः दुई दशमलव ७७, पाँच दशमलव ४४ र नौ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः तीन दशमलव ६९, तीन दशमलव ३२ र २३ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गुहेश्वरी, मल्टीपर्पस र श्री इन्भेष्टमेन्ट फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः आठ दशमलव शून्य आठ, छ दशमलव ९३ र तीन दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमश १३ दशमलव ५६, चार दशमलव ९७ र तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । जानकी र गुडविल फाइनान्सा पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः ५३ दशमलव ८० र छ दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि फाइनान्सहरूमा क्रमशः ३८ दशमलव ४४ र चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।