काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५को अवसरमा ‘पारस दाइको मौकामा चौका’ अभियान ल्याएको छ । यस अफरमार्फत उच्च–गतिको भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
यस अभियानअन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको निःशुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन् । यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन् । बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्कविना निःशुल्क नोकिया ५ गिगाहर्ज ड्युल व्याण्ड राउटर पनि प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ११ हजार ७५० रुपैयाँ (भ्याट सहित)मा यो सेवा उपलब्ध छ । अफर मंसिर २९ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।