काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९० लाख ८८ हजार पाँच सय ५९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ९९ लाख ५८ हजार सात सय ३० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड आठ लाख पाँच हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ७३ करोड ३४ लाख ९५ हजार तीन सय ४२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९४ करोड ९१ लाख ४५ हजार छ सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ५५ लाख ९९ हजार तीन सय ८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५९ करोड ८३ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ६७ लाख ४५ हजार तीन सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ४१ लाख २२ हजार ७० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।