काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड २० लाख २७ हजार पाँच सय २४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ७९ लाख २३ हजार पाँच सय ९२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा तीन अर्ब ५९ करोड ७९ लाख ९० हजार सात सय ७३ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ७२ करोड १६ लाख ५० हजार नौ सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड ५५ लाख ६१ हजार आठ सय ९४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ५६ करोड सात लाख १३ हजार तीन सय ७६ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३९ करोड २१ लाख ६८ हजार नौ सय ५८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३२ करोड २२ लाख ८९ हजार आठ सय ५९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।