काठमाडौं । नबिल बैंकले १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितीको यही मंसिर १९ गते बसेको छ सय ९४औं बैठकले हाल कायम रहेको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ मध्येबाट कर सहित उक्त परिमाणमा लाभाश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितीको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।