काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
यस अभियानअन्तर्गत मंगलबार पाँच सय आरु र पाँच सय नासपाती गरी एक हजार फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फूयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरू उपस्थित थिए । त्यस्तै सोही कार्यक्रममा लुम्बिनी वल्र्ड पीस फोरमको तर्फबाट वृक्षारोपण अभियानको अभियन्ता बासु गौतम, इलाम नगरपालिकामा मेयर केदार थापा, विभिन्न वडाका वडाअध्यक्षहरू र कृषि प्राविधिक उपेन्द्र नेपालको उपस्थिति रहेको थियो ।