काठमाडौं । बैंकिङ क्षेत्रमा प्रत्येक वर्ष बढ्दै गएको गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन कार्य जटिल बन्दै गएको छ । बिक्रीको लागि बारम्बार सार्वजनिक सूचना जारी गर्दा पनि त्यस्तो सम्पत्ति बिक्री हुन नसकेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरूको मात्र कुल गैरबैंकिङ सम्पत्ति बढेर ४३ अर्ब २४ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ११ अर्ब ५० करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा यस्तो सम्पत्ति वाणिज्य बैंकहरूमा कुल ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँबराबर थियो ।
चालू आवको पहिलो त्रैमासिकमा सरकारी स्वामित्वमा रहेको नेपाल बैंकमा मात्र २६ करोड ४२ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकमा २० करोड ४१ लाख २० हजार रुपैयाँबराबरको मात्र गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकमा पनि पछिल्लो अवधिमा २५ करोड ६७ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकमा २९ करोड ७६ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । उक्त दुईबाहेक नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा क्रमशः तीन अर्ब ४५ करोड ७२ लाख २० हजार र तीन अर्ब ८७ करोड ६८ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकमा क्रमशः दुई अर्ब ५२ करोड १४ लाख २० हजार र तीन अर्ब तीन करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको सम्पत्ति थियो ।
बहुराष्ट्रिय समूहद्वारा प्रवद्र्धित स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा भने अहिलेसम्म कुनै पनि किसिमको गैरबैंकिङ सम्पत्ति नदेखिएको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । तर हिमालयन, नेपाल एसबीआई र एभरेष्ट बैंकमा भने चालू आवको पहिलो त्रैमासमा क्रमशः पाँच अर्ब ९३ करोड चार लाख ३० हजार, ९५ करोड चार लाख ४० हजार ५३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन अर्ब २८ करोड ९६ लाख १० हजार, ३५ करोड ३९ लाख १० हजार र ४९ करोड २६ लाख ९० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
यस अवधिमा एनआईसी एसिया, माछापुच्छ्रे र कुमारी बैंकमा पनि क्रमशः चार अर्ब ४६ करोड चार लाख ३० हजार, ६० करोड सात लाख १० हजार र दुई अर्ब ५२ करोड ११ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार अर्ब २१ करोड ५२ लाख २० हजार, एक अर्ब चार करोड ३९ लाख र दुई अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकमा भने चालू आवको पहिलो त्रैमासमा क्रमशः दुई अर्ब १९ करोड ६३ लाख ८० हजार, ७२ करोड २० लाख ४० हजार र एक अर्ब ३४ करोड ४९ लाख ७० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः एक अर्ब ६० करोड ६५ लाख ४० हजार, ७० करोड ३८ लाख ९० हजार र ९७ करोड ९२ लाख ७० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार ग्लोबल आईएमई, सिटिजन्स र प्राइम कमर्सियल बैंकमा पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः छ अर्ब पाँच करोड ५९ लाख ९० हजार, एक अर्ब २६ करोड २५ लाख ४० हजार र चार अर्ब २५ करोड ७५ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः पाँच अर्ब १२ करोड ८७ लाख २० हजार, ८० करोड ९१ लाख ७० हजार र एक अर्ब ६९ करोड ७५ लाख ८० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
एनएमबी, प्रभु र सानिमा बैंकमा भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ७७ करोड २५ लाख २० हजार, एक अर्ब ६८ करोड ५८ लाख र एक अर्ब तीन करोड ८८ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ९७ करोड आठ लाख ४० हजार, एक अर्ब पाँच करोड ९१ लाख १० हजार र ७० करोड ८५ लाख ८० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।