काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेवी हिलसाइड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै एसबीएलएनपीएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्य अन्तर्गत एसबीएलएनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ जस अन्तर्गत एसबीएलएनपीएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाइ भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्र्पक गर्न सकिने बैंकले जानकारी दिएको छ ।