दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ स्थित कौडियापुलबाट बस खसेर दुर्घटनाहुँदा २२ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ३ बजे ना ८ ख ७४५५ नम्बरको उक्त बस पट्टा भाँचिएर दुर्घटना भएको बस चालकले प्रहरीलाई जानकारी दिएका छन् ।

वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले ३८ यात्रु सवार बसमा रहेका २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाएको छ ।