काठमाडौँ । विसं १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मिएका मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा बिहीबार निधन भएको छ । सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उनका सिर्जना हुन् ।
त्यसैगरी, सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक तथा त्रिमूर्ति (लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र वालकृष्ण सम)का शालिक उनका कलाकारिताका नमूना हुन् । तुलाधरका चार छोरा र तीन छोरी छन् ।