काठमाडौ । शिवम् सिमन्टको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १० औँ वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १२ दशमलब ५० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले आर्जन गरेको खुद मुनाफाबाटा चुक्ता पूँजी ५ अर्व ४५ करोड ६८ लाख रुपैयाँको १० प्रतिशत ५४ करोड ५६ लाख ८० हजार रुपैयाँ बराबरको नगद र दुई दशमलब ५० प्रतिशतका दरले हुन आउने १३ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ दरका १३ लाख ६४ हजार २०२ थान शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी ५ अर्व ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ । सोमध्ये कम्पनीले ६८ करोड २१ लाख रुपैयाँ बराबरको मुनाफा वितरण गर्न लागेको हो । वोनस शेयर वितरणपश्चात कम्पनीको जारी पुँजी र चुक्ता पुँजी वृद्धि भई पाँच अर्व ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ बराबरको हुनेछ । साधारण सभाले गत आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।