काठमाडौ । एमएडब्लू वृिद्धले आगामी शनिबारदेखि नेपालमा तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारीसाधनहरूको अनुभव गर्न पाउनेछन् ।
कम्पनीका अनुसार यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री ईभी ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा आगन्तुकहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि रहनेछ, यसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा दिपाल एस०५ र नामी भिगोजस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ । स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारीसाधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन् ।
कार्यक्रमको अवसरमा एमएडब्लू वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।