काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा खुम्चिएको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ११ लाख सात हजार नौ सय चार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड ६० लाख ९८ हजार सात सय ९० रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ४० लाख ६४ हजार चार सय १७ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा पाँच अर्ब ५७ करोड ७० लाख ३१ हजार नौ सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड ४८ लाख ३२ हजार ९१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब २७ करोड ५१ लाख २७ हजार सात सय ५९ रुपैयाँ कर्जा प्रवाह गर्दा छ करोड ४० लाख ८१ हजार चार सय ९५ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा दुई दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।