काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ४४ लाख ८८ हजार नौ सय ७३ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा केही बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड एक लाख ६२ हजार चार सय ४६ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँच सय रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा ४९ करोड ७३ लाख ५२ हजार चार सय ५८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब चार करोड तीन लाख ५५ हजार छ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड २९ लाख ४६ हजार सात सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ५५ लाख ६९ हजार छ सय ११ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ६२ लाख ९६ हजार चार सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १४ लाख १० हजार आठ सय २६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।