काठमाडौं । रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक, सेयर रजिस्ट्रेसन र संस्थागत परामर्श सेवा सम्बन्धी कार्यहरू गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई उक्त कार्य गर्नको लागि अनुमति दिएको हो ।
कम्पनीले यस अधि धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन सम्बन्धी कार्यहरू गर्दै आएको थियो । बीमा क्षेत्रबाट पहिलो सामूहिक लगानी कोष रिलायबल सामूहिक लगानी कोषअन्तर्गत रिलायबल समृद्धि योजना नामको पहिलो सामूहिक लगानी योजना संचालन गरिरहेको छ । थप इजाजतपत्रले कम्पनीले आगामी दिनहरूमा मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा थप गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।