काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कम्पनीका सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको यही बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपैयाँ छ । यसको २५ प्रतिशत अर्थात् ७० करोड १६ लाख ३७ हजार चार सय ७५ रुपैयाँ (नगद लाभांशमा लाग्ने करसमेत) नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जानकाकारी दिएको छ । लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।