काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई आफ्ना २ नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने तयारीमा छ । कम्पनीले छिटै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरू नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो ।
यी दुवै स्मार्टफोनहरूमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । जेडटीई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो, यसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ । यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, चार हजार ५०० निट्स पीक ब्राइटनेस, र १२२४ २७२० रिजोल्युसन रहेको छ । ६ नानोमिटर युनीसक टी८३०० चिपसेटद्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी ¥याम, २५६ जीबी स्टोरेज र एन्ड्रोइड १५ रहेको छ ।
त्यसैगरी, नुबिया भी ८० डिजाइनमा ६.७५ इन्चको एफएचडी प्लस एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा, र रियल टाइम ट्रान्सलेसन, एआई राईटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ । नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ । एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक टी७२८० चिपसेट, ८ जीबिको र्याम, २५६ जीबि स्टोरेज, र ५ हजार एमएएच्को ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध छ ।