काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा तीन करोड १४ लाख ७७ हजार २६ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड १० लाख ८८ हजार पाँच सय ९७ रुपैैंयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौं सय ४२ रुपैंयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ३९ करोड ६१ लाख २९ हजार चार सय २७ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९० करोड ७० लाख १७ हजार दुई रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ५२ लाख १९ हजार एक सय ३८ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३९ करोड १० लाख ९२ हजार एक सय ५४ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड ८२ लाख २६ हजार दुई सय १२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ९८ लाख ६४ हजार पाँच सय ६२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।