काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १२ दशमलव ५० अंकले ओरालो लागेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार छ दशमलव ७४ अंकले उकालो लागेर २६ सय एक दशमलव ६१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गनै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य एक अंकले उकालो लागेर चार सय ४७ दशमलव ५२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ५६ हजार एक सय २२ पटकको कारोबारमा ७७ लाख ५७ हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ४४ करोड १९ लाख तीन हजार सात सय ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक पनि ओरालो लागेकाछन भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।