काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
समर्थकसहित पुगेर दुवैजनाले सोमबार अपराह्न करिब ३ बजे पोखरेलले र ३ः३० बजे ओलीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारीसँगै उम्मेदवारी मनोनयनको समय यसअघि ३ः३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ ।