काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सोमबार बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता वेणुगोपाल रङ्गनाथनले गरेका थिए, जसले सेयरधनीहरूको उपस्थितिमा कार्यबाहीको नेतृत्व गरेका थिए ।
सभालाई सम्बोधन गर्नै बैंकका अध्यक्ष रङ्गनाथनले लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य शुभचिन्तकहरूलाई उनीहरूको अटुट समर्थनका लागि हार्दिक कृतज्ञता व्यक्त गरे । उनले भने, ‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड हाम्रो अद्वितीय विविधताको माध्यमबाट वाणिज्य र समृद्धि बढाउने हाम्रो उद्देश्य पूरा गर्न प्रतिबद्ध छ ।’ उनले थप भने, ‘बोर्डले २०८२ को अन्त्यमा भुक्तान गरिएको पुँजीमा १९ प्रतिशत नगद लाभांश सिफारिस गरेको छ, जसले विगत तीन वर्षमा स्थिर नगद लाभांश भुक्तानीलाई प्रतिविम्बित गर्दछ । स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा ७० दशमलव २१ प्रतिशत र सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत सेयर रहेको छ । सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।