काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ । भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्पहरू फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो)मा उपलब्ध छ । यसको मूल्य एक लाख ७९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोन सोमबारदेखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुनेछ ।
एक्स३०० प्रोको केन्द्रमा रहेको यसको व्यावसायिक इमेजिङ सिस्टम जाइससँगको सहकार्यमा विकास गरिएको हो । यस स्मार्टफोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसनमार्फत टाढाका दृश्यहरूलाई पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ । यसलाई एलवाईटी–८२८ सेन्सरसहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेराले साथ दिएको छ । क्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस१ र सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ । यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादनका साथै २० गुना लङ–रेन्ज मोसन स्न्यापसट र टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचरहरू प्रदान गर्छ, जसमा जाइसको विशिष्ट मिरररिङ इफेक्ट समावेश गरिएको छ । साथै, ५० मेगापिक्सेल जाइस वाइड एङ्गल फ्रन्ट क्यामेराले ठूलो फ्रेम कभरेज सहित प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ ।
क्यामेरा क्षमतासँगै, एक्स३०० प्रोले नेपालमा ओरिजिन ओएस ६ को सुरुवात गरेको छ । उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनहरूद्वारा सञ्चालित यो अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्ताको दैनिक प्रयोगलाई अझ सहज बनाउने अनुभव प्रदान गर्छ ।