काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन छ दशमलव ७४ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १८ दशमलव ३७ अंकले उकालो लागेर २६ सय १९ दशमलव ९९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १५ अंकले उकालो लागेर चार सय ५० दशमलव ६७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख चार हजार ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब २९ करोड ४२ लाख २७ हजार एक सय २२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।