काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २४ गते काठमाडौंको नक्सालमा आफ्नो २४औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत् संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ मध्येबाट पाँच दशमलव ६३ प्रतिशतका दरले हुन आउने नौ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही वार्षिक साधारणसभामार्फत् हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधीको ६०ः४० को अनुपातलाई ५१ः४९ प्रतिशतमा कायम राख्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।