काठमाडौं । रमेश कर्प समूहअन्तर्गत पर्ने टेलिनेट प्रालिले कस्टोमर रिलेसनसीप म्यानेजमेन्ट (सीआरएम) सेल्सफोर्ससँगको सहकार्यमार्फत नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने भएको छ ।
यस साझेदारीले नेपाली व्यवसाय सञ्चालनको तरिकालाई आधुनिक बनाउँदै विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउने कम्पनीको दाबी छ । अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई अझ प्रभावकारी बनाउन सक्नेछन् । सम्झौताअनुसार टेलिनेट प्रालि स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ ।