काठमाडौं । स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेसनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेसनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट ‘पावर्ड वाई’ प्रायोजकको रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ । घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यावसायीहरू र प्रविधिहरूद्वारा एउटै थलोमा प्रस्तुत गरिनेछ ।
कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ । यसैगरी, एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ ।