काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौं र चितवनमा विशेष ‘एक्सचेन्ज अफर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कम्पनीका अनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । काठमाडौं उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एन्ड इभेन्ट्स, ललितपुरमा हुनेछ भने चितवनमा चितवनको मिलनचोकस्थित सोरुममै आयोजना हुनेछ । कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।
प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।