रोम । रोक्का गरिएकोरूसी सम्पत्ति प्रयोग गरेर युक्रेनलाई आर्थिक सहयोग गर्ने कुरामा ‘जबरजस्ती गर्न नमिल्ने’ बताएकी छिन् । ईयूको योजनाबारे आफ्नो धारणा राख्ने क्रममा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बुधबार ब्रसेल्समा उक्त भनाइ राखेकी हुन् ।
‘यी जटिल निर्णयहरू हुन् जसलाई जबरजस्ती गर्न सकिँदैन’, मेलोनीले बिहीबार र शुक्रबार युरोपेली परिषद्को बैठकअघि युरोपेली संसद्मा सम्बोधनका क्रममा भनिन् ।
‘रूसले आक्रमण गरेको राष्ट्रको पुनर्निर्माणको लागि सबैभन्दा पहिले पैसा तिर्नुपर्छ, तर यो परिणाम ठोस कानुनी आधारमा प्राप्त हुनुपर्दछ भन्ने इटालीले स्पष्ट धारणा रहेको छ’, उनले थपिन् । युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी दुई वर्षमा किएभलाई ९० अर्ब युरो ऋण प्रदान गर्न रुसी केन्द्रीय बैंकको फ्रिज सम्पत्ति प्रयोग गर्ने योजनालाई अघि बढाइरहेकी छिन् ।
यो योजनाले बेल्जियमविरूद्ध रूसी प्रतिशोधको लागि खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ तर अन्य इयू देशहरूबाट भने रोक्का रकम युक्रेनलाई क्षतिपूर्तिबापत दिलाइनुपर्ने बताउँदै आएका छन् । यद्यपि, ईयूके कतिपय मुलुकहरूले भने कानुनी र वित्तीय दायित्वहरू साझा गर्ने वैकल्पिक ठोस सुनिश्चिततामा जोड दिइरहेका छन् । रासस/एएफपी