काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले साधारण सेयर बिक्रीको आह्ववान गरेको छ । कम्पनीले सर्वसाधारणको लागि छुट्याएको कुल सेयर मध्येमा पहिलो चरणमा आयोजना क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा रहेको सर्वसाधारणको लागि साधारण सेयर बिक्रीको आ≈वान गरेको हो ।
सोअनुसार आयोजना प्रभावित क्षेत्रका जनताको लागि यही पुस १३ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । यो सेयरको बिक्री कार्य छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुने छ । यसैगरी वैदेशिक रोजगारीका क्रममा रहेकाहरुको लागि पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको एक लाख ४२ हजार दुई सय कित्ता साधारण सेयरको बिक्री आह्वान गरिएको कम्पनीले जानकारी दिएको छ । यो सेयरको बिक्री कार्य भने छिटोमा यही पुस १७ गते र ढिलोमा पुस २८ गते बन्द हुने छ । कम्पनीका अनुसार साधारण सेयरको निष्कासन एवं बिक्री प्र्रबन्धककोरुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।