काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको बिक्री खुल्ला भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रबद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्बको आकार रहेको चौथो बन्दमुखी योजना सिटिजन्स सन्तुलित योजनाको बिक्री खुल्ला भएको हो ।
कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई योजनाको निष्कासन मिति २०८२ पुस ४ गतेदेखि २०८२ पौष ८ गते (छिटोमा) बैंकिङ्ग समयसम्म इकाइ बिक्रीका लागि खुला गरिएको हो ।
सिटिजन्स सन्तुलित योजनामा किन लगानी गर्ने ?
म्युचुअल फन्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हुन्छ । यस योजनाले सेयर तथा डिभेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्नेछ । हाल नेप्से इन्डेक्स तल्लो तहमा भएकाले यस योजनाले लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने सम्भावना बढी हुन्छ । राम्रो वार्षिक लाभांश दिन सफल योजना व्यवस्थापकले यस योजना संचालन गर्ने भएकोले पनी सक्दो लगानी गर्न उचित हुने धारणा छ ।
योजनाको इकाइ खरिद गर्नका लागि आफ्नो ‘मेरो सेयर’ खातामार्फत वा सि–आस्वा (ऋ(ब्क्द्यब्) सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम एक सय र अधिकतम एक लाख इकाइ (अर्थात् प्रति इकाइ १० रुपैयाँको दरले न्यूनतम रकम एक हजार रुपैयाँ र अधिकतम रकम दश करोड रुपैयाँसम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनुसार औषत वार्षिक प्रतिफल १४ प्रतिशत हुने अनुमान गरिएको छ । सिटिजन्स क्यापिटलले इच्छुक व्यक्तिलाई एक हजार कित्तादेखि दुई लाख कित्तासम्म आवेदन दिन सुझाव दिएको छ भन्ने संस्थाहरुलाई पनि सक्दो बढी कित्ताको लागी आवेदन दिन सुझाव दिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।