काठमाडौं । नेपाल बैंकले टप अप गरौँ बोनस पाऔँ अभियान सञ्चालन गरेको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक एफवान सफ्ट प्रालिको सहकार्यमा ब्रान्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी टप अप गरौँ बोनस पाऔँ अभियान सञ्चालन गरेको हो ।
बैंकका अनुसार यो अभियान अवधिभर दुई सय रुपैयाँ वा सोभन्दा माथिको रकम एनबीएल मोबाइल बैंकिङ एप मार्फत टप अप गर्ने ८० जनालाई एक सय रुपैयाँका दरले बोनस प्रदान गरिने र सोको घोषणा अभियान अवधि पश्चात् गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।
बैंकले हाल नेपालभर दुई सय ३१ वटा शाखा कार्यालय, दुई सय ३७ वटा एटीएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको जानकारी दिएको छ । हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको बैंकबाट करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आएका छन् ।