काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२५ को अवसरमा लगानीकर्ताहरु माझ सचेतना अभिवृद्धि गर्नका लागि देशव्यापी रूपमा विभिन्न क्षेत्रहरुलाई समेटेर शिक्षा तथा सचेतना कार्यक्रम संचालन गरेको छ । लगानीकर्ता तथा जनमानसमा शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने लक्षका साथ विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्य अनुरुप मंसिर २५ गतेदेखि पौष २ गतेसम्म केही कार्यक्रम सम्पन्न भइसकेको र केही कार्यक्रमहरुलाई सो मितिपछि समेत निरन्तरता दिने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
सो अवसरमा क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस २९ गते क्वेस्ट इन्टरनेसनल कलेज ग्वार्कोमा एमबीए संकायका विद्यार्थीहरु, यही पुस एक गते मकवानपुर मल्टिपल क्याम्पस हेटौंडा–२ मकवानपुरमा अध्यनरत बीबीए संकायका विद्यार्थीहरु, साथै यही पुस दुई रिजनल होटल एसोसिएसन तथा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन चितवन, सौराहाका सदस्यहरु तथा कर्मचारीहरुका साथै अर्जुनचौपारी गाउँपालिका वालिङ्ग, स्याङ्जामा कार्यरत कर्मचारीहरु तथा सो गाउँपालीकाका स्थानीय बासिन्दाहरुमाझ सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस्ता कार्यक्रमहरुमार्फत लगानीकर्ताहरुलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ्रे क्यापिटलले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रुपमा गर्दै आएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रेसन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।