काठमाडौं । आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते आफ्नो २८ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख ३४ हजार छ सय ३९ रुपैयाँ मध्येबाट पाँच प्रतिशतका दरले हुन आउने १५ करोड १४ लाख ६६ हजार सात सय ३१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभा सम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुस १६ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुने छ । कम्पनीको यही पुस दुई गते बसेको सञ्चालक समितीको ४१ औँ बैठकले वार्षिक साधारणसभा सम्बन्धी निर्णय गरेको हो ।