जनकपुर, मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। प्रदेशसभा बैठकमा आज भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका यादव निर्वाचित भएका थिए। उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित भएको घोषणा गरे। यसअघि यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका थिए ।रासस