काठमाडौं ।कार्यकाल सकिएको भन्दै चीनले नेपालका लागि कार्यरत राजदूत चेन सङलाई फिर्ता बोलाएको छ । नेपालमा बदलिएको परिस्थितिअनुसार काम गर्न नयाँ राजदूत पठाउन उसले आफ्नो हालको राजदूत सङलाई फिर्ता बोलाइएको हो ।
नेपालका लागि २२औँ राजदूत उनी २०७९ पुस २४ गते नेपाल आएका थिए । राजदूत सङ फिर्ता जानुअघि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन, इकोनोमिक काउन्सिलरलगायतका पदाधिकारीहरू फिर्ता भइसकेको बुझिएको छ ।
फिर्ता जानु अघि साङले एक साता अगाडिदेखि प्रधानमन्त्री सुशीला कार्कीदेखि भेट्नुपर्ने सबैसँग भेटघाट गरी बिदा लिएका छन् । अब चीनले केही दिनमै नयाँ राजदूत र अन्य पादधिकारी पठाउनेछ ।