काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १९ दशमलव ९२ अंकले ओरालो लागेको नेप्से परिसुचक आज सोमबार पुन १३ दशमलव ८८ अंकले ओरालो लागेर २५ सय ८१ दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले ओरालो लागेर चार सय ४६ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको ६५ हजार तीन सय १२ पटकको कारोबारमा ९१ लाख ६७ हजार तीन सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार सात सय १८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।