काठमाडौं । ब्रिटिस काउन्सिलको आईईएलटीएस उपहारको तेस्रो संस्करणका विजेतालाई पुरस्कृत गरिएको छ । काउन्सिलले हालै एक कार्यक्रमको आयोजना गरी आईईएलटीएस परीक्षामा सहभागी भएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
सन् २०२४को आईईएलटीएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित ब्रिटिस काउन्सिलले आईईएलटीएसको तेस्रो संस्करण आयोजना गरेको थियो । यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आईईएलटीएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो । यस वर्ष तीन जनाले मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरूमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् ।