काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन इमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले पोखरामा सोमबारदेखि विशेष एक्सचेन्ज अफर सञ्चालन गरेको हो । बुधबारसम्म पोखरामा हुने कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६.९९ लाख रुपैयाँबाट सुरु हुनेछ । प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउन्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।