काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव २७ अंकले उकालो लागेको नेप्से परिसुचक आज बुधबार पनि एक दशमलव ३७ अंकले बढेर २५ सय ८५ दशमलव ८७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९४ अंकले उकालो लागेर चार सय ४८ दशमलव ५३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको ६२ हजार सात सय ६८ पटकको कारोबारमा ७२ लाख २४ हजार नौं सय १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार छ सय ६३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा छ वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेको छ । जसमध्ये बाणिज्य बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनुमलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।