काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस ३० गते केन्द्रिय कार्यालय लाजिम्पाटमा आफ्नो ३८औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब ४७ करोड २७ लाख ३९ हजार सात सय ३६ रुपैयाँ मध्येबाट आठ दशमलव पाँच प्रतिशतका दरले हुन आउने ४६ करोड ५१ लाख ८२ हजार आठ सय ७८ रुपैयाँ बराबरको नगद लाभांश र र कर प्रयोजनको लागि छुट्टै शून्य दशमलव ६५ प्रतिशतका दरले हुन आउने तीन करोड ६० लाख चार हजार आठ सय ६७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।