काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्रि क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ (३० दिन) सम्म सञ्चालन रहनेछ । जसअन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।
लाइफटाइम फ्रि सुविधा सम्बन्धी व्यवस्था विभिन्न सर्तमा आधारित रहने बैंकले जानकारी दिएको छ । यस्तो सर्तअन्र्तगत दोस्रो वर्षदेखि वार्षिक शु्ल्क छुट पाउनका लागि ग्राहकहरूले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तिमा तीनवटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।
सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगैै डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो । यस योजनाको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ ।